एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै « Khabarhub

एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४ सय ६६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा २१ जना गरी एक हजार ४६६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय इकाई मुगुका इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए ।

उनका अनुसार गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । गत वर्ष ९७६ जना परीक्षार्थीले एसईई दिएका थिए । परीक्षा सञ्चालनका लागि ७ वटा केन्द्र तोकिनुका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्र अध्यक्ष तोकिने पनि इकाई प्रमुख खत्रीले जानकारी दिए ।

उनले भयरहित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास दिलाउँदै परीक्षार्थीलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र