खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा « Khabarhub

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थ्री स्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो । थ्री स्टारका लागि खेलको ५९औँ मिनेटमा दीपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् । खेलको एसपिए ‘म्यान अफ दी म्याच’ दीपेश गुरुङ घोषित भएका छन् । जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मस्र्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रदेशको सर्वाधिक धनराशिको प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन छ, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ९ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र