पहिचान बन्दै सिस्नो, बाँको र आलु « Khabarhub

पहिचान बन्दै सिस्नो, बाँको र आलु


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

बलेवा– वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।

प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।

यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजंगल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् ।

‘यो वर्षमात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन’, गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष अध्यक्ष तारादेवी पुनले भनिन्, ‘अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।’ पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् ।

‘बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफैँ उम्रिएको सिस्नोले अब पुग्दैन’, पुनले भनिन्,’सामान्य प्रचार हुँदामात्रै देश–विदेशबाट माग आयो ।’ चितवन, काठमाडौँ, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए । यसले स्थानीय महिलालाई आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी छ सय ५० मा सिस्नोको धुलो बिक्री भइसकेको पुनले बताए ।

सिस्नोको धुलोजस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । ‘हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छ’, स्थानीय कृष्णबहादुर छन्त्यालले भने, ‘गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।’

बाँको सबै याममा पाइँदैन । किसानले वर्षायाममा जंगलबाट बाँको घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक एक सय ग्रामलाई रु दुई सयमा बिक्री हुने गरेको छ । ‘धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ’, छन्त्यालले भने।

खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले बिक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र बिक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताए।

‘स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौँ’, वडाध्यक्ष कृष्णबहादुर भुजेलले भने , ‘आलु चिप्स वडाका विद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाका रूपमा प्रयोगमा ल्याएर भए पनि यसको प्रवद्र्धन गर्छौँ ।’

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : २७ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण