विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुलनुर्फिन १ हजार ४ सय एम्पुलसहित सोही महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले भारतबाट वीरगन्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुवैपट्टिको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।        

कैलालीको धनगढी उपमहानगरपालिका-२ तिल्के तालबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ४० मिलिग्रामसहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४९ वर्षीय जयराज भट्टलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-८ बुद्धचोक बस्ने २० वर्षीय उमेश घलेलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

दाङको दगीशरण गाउँपालिका-३ हेकुलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय श्रृखल पौडेललाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, मलंगवा नगरपालिका-८ झिलमिलियाबाट अवैध लागूऔषध गाँजा २० केजी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले झोला फाली फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।      

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : ४८ बजे

कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।