वैदेशिक ठगी आरोपमा एक जना पक्राउ « Khabarhub

वैदेशिक ठगी आरोपमा एक जना पक्राउ


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अजरबैजानमा मासिक सात सय डलर तलब हुन्छ भन्दै कमलप्रसाद भण्डारीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ लमहीका भिमकुमार सुनार रहेको प्रहरीको भनाइ छ ।

सुनारले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्‍याई पाँच महिना अलपत्र पारेर ठगी गरेको आरोप छ । अजरबैजानबाट फर्किएपछि भण्डारीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

उक्त उजुरी उपर अनुसन्धानका लागि सुनारलाई पक्राउ गरिदिन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पत्राचार गरेको थियो । 

उक्त पत्रका आधारमा सुनारलाई पक्राउ गरी विभागको जिम्मा लगाइएको जानकारी ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको