‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’ « Khabarhub

‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बर्लिन- गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले जनाएको छ ।

सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको पहिलो तीन महिनामा ०.३ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ ।

सीएनएनका अनुसार मन्दीलाई लगातार दुई त्रैमासिक घट्दो उत्पादनको रूपमा परिभाषित गरिएको छ । कार्यालयले भनेको छ, “उच्च मूल्य वृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थव्यवस्थामा बोझ परेको छ । यो विशेष गरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिबिम्बित भएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा उपभोग खर्चमा १.२ प्रतिशतले घटेको थियो ।”

प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख युरो क्षेत्र अर्थशास्त्री क्लज भिस्टेसनले पहिलो त्रैमासिकमा उपभोक्ताले गरेको खर्च ‘ऊर्जाको मूल्यमा आएको झट्का’ले खुम्चिएको बताए । गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली ऊर्जाको मूल्य वृद्धि भएको थियो ।

सिएनएनका अनुसार त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्याँस आपूर्तिमा अवरोध पुर्यायो, जसले गर्दा जर्मनीले आपतकालीन अवस्था घोषणा गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ६ : ४५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा