विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१ स्थित जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेको छोरो भेट्न आएकी सोही उपमहानगरपलिका-३ मिलन चोक बस्ने ५० वर्षीया कमला देवी अवस्थीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ४० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय ओम प्रकाश अवस्थीलाई भेट्न आएकी उनलाई जाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

कैलालीकै धनगढी उपमहानगरपालिका-१२ जुगेडा ‘ए’ गाउँस्थित दुर्गेश्वरी मासु पसलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पसल सञ्चालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   

धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  

झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मोहित साहलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

झापाकै झापा गाउँपालिका-५ मेचे बस्ती पन्थडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २४ वर्षीय विशाल राजवंशी र १९ वर्षीय रोहन ढकाल रहेका छन् । प्रहरी चौकी शरणामती र बी.ओ.पी पन्थडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.१-०१-०१३ प ४१८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको  हो । 

लमजुङको बेसिशहर नगरपालिका-८ शेराचोकबाट अवैध लागूऔषध चरेस ८७ ग्राम ७ मिलिग्रामसहित मनाङ ङिस्याङ गाउँपालिका-६ बस्ने ३० वर्षीय राजु गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।  

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : ११ बजे

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल