निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको हुँ : हरिप्रसाद भुसाल « Khabarhub

निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको हुँ : हरिप्रसाद भुसाल


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसालले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्। 

आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरेलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । गत निर्वाचनको खर्च विवरण अर्घाखाँची जिल्लामा सबैभन्दा पहिला आफूले बुझाएको भुसालले दावी गरे ।

 भुसालले अर्घाखाँची जिल्लामा मतगणाना सकिएकै दिन खर्च विवरण बुझाउनुका साथै फेसबुकबाट सार्वजनिकसमेत गरेको बताए ।

‘अर्घाखाँचीमा मंसिर ८ गते मतगणना सकियो, सोही दिन नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्वाचन कार्यालयका कर्मचारीहरुलाई खर्च विवरण बुझाएको हुँ’ । भुसालले भने, ‘सोही दिन नै सामाजिक सञ्जाल मार्फत समेत खर्च विवरण सार्वजनिक समेत गरेको थिएँ ।’

खर्च विवरण फेसबुकबाट सार्वजनिक गरे लगत्तै नेता भुसालको फेसवुक एकाउन्ट ह्याक भएको थियो । ‘८ गते फेसवुकबाटै खर्च विवरण समेत सार्वजनिक गरेको थिएँ ।’ भुसालले भने ‘खर्च विवरण सार्वजनिक गरेकै दिन मेरो फेसबुक ह्याक भएको थियो ।’

गत निर्वाचनमा भुसाल अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। अर्घाखाँचीबाट एमाले नेता टोपबहादुर रायमाझी निर्वाचित हुँदा भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले निर्धारित मितिमा खर्च विवरण सार्वजनिक नगरेको भन्दै बहालवाला तीन मन्त्री सहित प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १२ : ३१ बजे

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल,

गगन–विश्वले बहुमत पुर्‍याउँदै गर्दा देउवाले बोलाए आफूनिकटका नेता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुट्न

सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं– माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल

राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र हाँसेर

जसपा नेपाल र लोसपाबीच एकीकरण– उपेन्द्र अध्यक्ष, महन्थ संरक्षक

काठमाडौ– मधेसकेन्द्रित दुई ठूला राजनीतिक दलबीच एकीकरण सहमतिमा हस्ताक्षर भएको