संखुवासभा समाज कतारद्वारा तीज कार्यक्रमको आयोजना  « Khabarhub

संखुवासभा समाज कतारद्वारा तीज कार्यक्रमको आयोजना 


९ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दोहा– संखुवासभा समाज र लालीगुराँस रेस्टुरेन्ट कतारले संयुक्त रुपमा आयोजना गरेको हरितालिका तीज तथा सचेतनामूलक कार्यक्रम गरेको छ ।

शुक्रबार कतारको सानैया प्लाजा महलको लालीगुराँस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा दीपशिखा दाहाल, रेश्मा प्याकुरे, गंगा बजगाई, बिरेन मादेन, सृष्टि लामा, लगायत अन्य धेरै कलाकारहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विभिन्न तीजका गीतमा नेपाली दिदी बहिनीहरूले सामूहिक नृत्य गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा संस्कृतिको संयोजक बिरेन मादेनले ‘संखुवासभा राम्रो त्यहि पर्‍याे घर हाम्रो’ गीत गएर थप मनोरञ्जन प्रदान गरेका थिए ।

संखुवासभा समाज कतारका महासचिव पदम सिम्खडाले सञ्चालन गरेको कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रम नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष खनालले आगामी दिनहरूमा पनि यस्ता खालको कार्यक्रम गर्दै जाने बताए । समाजले भावी कार्ययोजना बनाएर अघि बढ्ने र विश्वको २७ देशहरूमा संखुवासभा समाजको  स्थापना भएपनि सक्रिय रुपमा रहेको समाज कतारकै भएको उनले बताए ।

संखुवासभाको पहिचान विश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ २०१६ मा स्थापना भएको समाजले संखुवासभा जिल्लामा विभिन्न आपत विपत्‌मा परेका जिल्लावासीलाई पनि समयसमयमा सहयोग गर्दै आएको छ ।

समाजले गत असार २ गते संखुवासभा चैनपुर नगरपालिकास्थित हेवाखोलामा आएको बाढीका कारण बेपत्ता भएका ५ जनाको परिवारलाई प्रति परिवार ४३ हजार रुपैयाँका दरले २ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : १२ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६