संखुवासभा समाज कतारद्वारा तीज कार्यक्रमको आयोजना  « Khabarhub

संखुवासभा समाज कतारद्वारा तीज कार्यक्रमको आयोजना 


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दोहा– संखुवासभा समाज र लालीगुराँस रेस्टुरेन्ट कतारले संयुक्त रुपमा आयोजना गरेको हरितालिका तीज तथा सचेतनामूलक कार्यक्रम गरेको छ ।

शुक्रबार कतारको सानैया प्लाजा महलको लालीगुराँस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा दीपशिखा दाहाल, रेश्मा प्याकुरे, गंगा बजगाई, बिरेन मादेन, सृष्टि लामा, लगायत अन्य धेरै कलाकारहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विभिन्न तीजका गीतमा नेपाली दिदी बहिनीहरूले सामूहिक नृत्य गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा संस्कृतिको संयोजक बिरेन मादेनले ‘संखुवासभा राम्रो त्यहि पर्‍याे घर हाम्रो’ गीत गएर थप मनोरञ्जन प्रदान गरेका थिए ।

संखुवासभा समाज कतारका महासचिव पदम सिम्खडाले सञ्चालन गरेको कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रम नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष खनालले आगामी दिनहरूमा पनि यस्ता खालको कार्यक्रम गर्दै जाने बताए । समाजले भावी कार्ययोजना बनाएर अघि बढ्ने र विश्वको २७ देशहरूमा संखुवासभा समाजको  स्थापना भएपनि सक्रिय रुपमा रहेको समाज कतारकै भएको उनले बताए ।

संखुवासभाको पहिचान विश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ २०१६ मा स्थापना भएको समाजले संखुवासभा जिल्लामा विभिन्न आपत विपत्‌मा परेका जिल्लावासीलाई पनि समयसमयमा सहयोग गर्दै आएको छ ।

समाजले गत असार २ गते संखुवासभा चैनपुर नगरपालिकास्थित हेवाखोलामा आएको बाढीका कारण बेपत्ता भएका ५ जनाको परिवारलाई प्रति परिवार ४३ हजार रुपैयाँका दरले २ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : १२ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका