धरानमा निषेधाज्ञा, सहर प्रवेशमा कडाइ « Khabarhub

धरानमा निषेधाज्ञा, सहर प्रवेशमा कडाइ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञा  धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको  बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी  ६ नं. बाट बराहक्षेत्र  वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।

त्यस्तै , इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ। केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।

यसैबीच, सामाजिक सद्भाव कायम राख्न शुक्रबार धरानमा सर्वदलीय–सर्वपक्षिय र्‍याली निकालिएको थियो । साम्प्रदायिक तथा धार्मिक सद्भाव खलल हुन नदिई संवादबाटै समाधान खोज्न धरानका राजनीतिक दल तथा संघसंस्थाले आह्वान पनि गरेका छन् ।

कांग्रेस, एमाले, माओवादीसहित १३ राजनीतिक दल, धरान उपमहानगरपालिकाका मेयर र उपमेयर तथा पूर्वमेयरहरूसँगै विभिन्न संघ–संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ता र छलफलबाट समाधान खोज्न आह्वान गरेका हुन् ।

 

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : १९ बजे

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर

पहिरो प्रभावित डोल्पाको दुर्गम जगदुल्ला गाउँका ५० घर जोखिममा, सरकारसँग राहतको गुहार

काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोका कारण स्थानीय

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर

दश ओलम्पियन खेलाडी सम्मानित

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा