काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना | Khabarhub Khabarhub

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०–०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा तीन सय ७५ वटा सिँचाइ योजना सञ्चालन हुने भएका हुन् ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर दीपक थापाका अनुसार यस वर्ष जिल्लामा सञ्चालन हुने ठूला सिँचाइका आयोजनामा नमोबुद्ध नगरपालिका–८ मा एक करोड १७ लाखको पिपलटार सिँचाइ योजना, रोशी गाउँपालिका–४ मा ९० लाखको कटुञ्जबेँसी लिफ्ट सिँचाइ (सोलार प्रणाली) योजना, नमोबुद्ध–२ मा ९० लाखको काशीखण्ड सिँचाइ योजना, नमोबुद्ध–६ मा ८० लाखको जाइफल डेडा तल्लोबेँसी सिँचाइ योजनाका लागि बजेट विनियोजन भएको छ ।

यस्तै खानीखोला गाउँपालिका–७ मा ९० लाखको बागमती दुर्लुङ दोभान बोरनवेशी महाँकाल बृहत् सिँचाइ आयोजना, रोशी–९ मा ८० लाखको मङ्गलटार लिफ्ट सिँचाइ योजना र सोही गाउँपालिका वडा नं ६ मा दुई करोडको महाभारत सेती शिकारी लेखपानी कालीञ्चोक खार्पाचोक सिँचाइ योजनाको काम हुने थापाले बताए ।

उनका अनुसार चालु आवमा निर्माण हुने ठूला सिँचाइ योजनामध्ये कटुञ्जेबेँसी लिफ्ट सिँचाइ, जाइफल डेडा तल्लोबेँसी र बागमती दुर्लुङ दोभान बोरनबेँसी सिँचाइ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघिल्लो आवमै सकिएको हो ।

चालु आवमा बागमती प्रदेश सरकारबाट सिँचाइका ठूला साना गरी तीन सय ५२ योजनाअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकामा ३८, मण्डनदेउपुर नगरमा ३९, भुम्लु गाउँपालिकामा २०, धुलिखेल नगरमा २४, बनेपा नगरमा १५, पनौती नगरमा साना ठूला सिँचाइ गरी २३ योजना, नमोबुद्ध नगरमा २६, रोशीमा ५६, तेमालमा २५, महाभारतमा २६, खानीखोलामा २१, बेथानचोकमा १३ र चौरीदेउराली गाउँपालिकामा २६ वटा योजनामा बजेट विनियोजन भएको कार्यालयले जनायो ।

यस वर्ष सङ्घीय सरकारबाट भने करिब २५ वटा योजनामा बजेट विनियोजन गरिएको छ । आयोजना सञ्चालनार्थ ठेक्का आह्वान तथा सम्झौता प्रक्रियाको काम भइरहेको थापाले बताए । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

कार्यालयले गत आवमा कूल सिँचाइ योजनामध्ये ८९ प्रतिशतको निर्माणकार्य सम्पन्न गरेको जनाएको छ । जसमध्ये प्रदेशतर्फका एक सय १३ मध्ये एक सय आठ र सङ्घीय सरकारतर्फका ६० योजनामध्ये ४६ वटाको काम सम्पन्न गरेको थापाले बताए ।

गत वर्षबाट सुरु गरिएका १३ वटा बहुवर्षीय सिँचाइका योजनामध्ये पाँच योजनाको काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : २९ बजे

भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत 

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी

दुई जिउकी भैंसीमाथि घन प्रहारले उठेको प्रश्न : पशुको आँसुले पोल्दैन ?

काठमाडौं – स्नेहा केयर्सको टिनको गेट खोलेर भित्र पस्दानपस्दै मैचासँग

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

जानकी– नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो ।

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा, पाकिस्तानसँग कहिले खेल्छ ? 

काठमाडौं– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि भारतीय

नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं – नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको