भूमध्य सागरबाट सयौँ आप्रवासीको उद्धार « Khabarhub

भूमध्य सागरबाट सयौँ आप्रवासीको उद्धार


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको एक गैरसरकारी संस्थाले भूमध्य सागरमा सङ्कटले घेरिएका चार सय ३८ जना आप्रवासीको ज्यान बचाएको छ । उक्त संस्थाले उद्धार जहाज ओशन वाइकिङमार्फत बितेका दुई दिनमा ती आप्रवासीलाई उद्धार गरेको हो ।

उद्धारक संस्था एसओएस मेडिटरेनीले लिबिया र ट्युनिसियाको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट उनीहरूको उद्धार गरेको जनाउँदै गत बिहीबार मध्य भूमध्य सागरमा तीनवटा डुङ्गा परिचालन गरेर  २३ देशका दुई सय ७२ जनाको ज्यान बचाएको बताएको छ ।

उक्त जलक्षेत्र आप्रवासीहरूका लागि विश्वको सबैभन्दा खतरनाक सामुद्रिक मार्ग हो । उद्धार गरिएकामध्ये ३२ जना नाबालिग, नौ जना बालबालिका र पाँच जना अपाङ्गता भएका व्यक्ति थिए ।

हिजो पछि शुक्रबार पनि थप एक सय ६६ जनाको उद्धार गरिएको एसओएस मेडिटरेनीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष मध्य भूमध्य सागर पार गर्ने प्रयासमा कम्तिमा दुई हजार १३ जनाको मृत्यु भएको छ ।

गत जुनमा पश्चिमी भूमध्य सागरमा एउटा डुङ्गा डुब्दा ८२ जनाको इहलीला समाप्त भएको थियो । अघिल्लो वर्ष युरोपमा सहज जीवनयापन गर्ने सपना साकार पार्न हिँडेका एक हजार चार सय १७ जना आप्रवासीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : १५ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले