सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकबारे संसदीय समितिमा छलफल सुरु | Khabarhub Khabarhub

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकबारे संसदीय समितिमा छलफल सुरु


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताएकी छिन् ।

उनले विधेयकमाथि आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिबद्धता जनाए । ७७ सालमा प्रस्तुत भएको विधेयक, यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर अघि बढाउने उनको भनाइ छ ।

उनले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै जनताप्रति उत्तरदायी रुपमा सञ्चालनको उद्देश्य राखि कानून निर्माण अघि बढाएको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीति हस्तक्षेपबाट मुक्तका साथै सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ०८ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१