मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा « Khabarhub

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा सम्पन्न गरेको छ ।

 तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरेको हो ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिएको थियो । तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्मकोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोसमेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भूईंफसी ९कुभिण्डो० मार हानेर बलि दिइन्छ ।

 बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भूईफसी मार हान्ने भएकाले यसलाई भूईफसी पालेगु जात्रा पनि भनिन्छ । मध्यकालमा थिमि स्वशासित (भक्तपुर नियन्त्रित) राज्य थियो । यसको सिमाना पूर्वमा निकोसेरा, पश्चिममा पुरानो सिनामङ्गल (एअरपोर्ट पारी), उत्तरमा मूलपानी वारी र दक्षिणमा ललितपुरको लुभु वारीसम्म फैलिएको विश्वास रहेको मध्यपुर थिमिमा सञ्चारकर्मी एवम् अध्येता केके मानन्धरले बताए।

तत्कालीन राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) भएको सन्दर्भ अहिले पनि नेपाल सरकारबाट लाय्कुमा नायः पःमाको नियुक्ती गरिँदै आएकोले पुष्टि हुने मानन्धरले बताए । ‘थिमि लायकूका हाल नायः पःमां श्यामकाजी पःमां श्रेष्ठ हुन् । जसरी नायः पःमां कोअर्थ प्रधानहरुको अध्यक्ष अर्थात् साधारणतया उहिलेको दरबारिया प्रधानमन्त्री जस्तै हो,’ मानन्धरले भने । थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आवद्धता थियो । 

श्रेष्ठ थरमध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आवद्धता दरबारिया प्रशासकको रुपमा र कुटुरप्याथः समुदाय सैनिकको रुपमा दरबारमा थिए भने खड्गी समुदायले खाँ सम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे । 

मल्लकालीन युद्धकलाको झझल्को दिने खाँ पिहाँवइगु जात्रा सामावेशी प्रकृतिको भएकोले उहिलेको राज्य पनि समृद्ध र समावेशी दृष्टिकोणले सञ्चालन भएको अनुमान लगाउन सकिने मानन्धरले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १ : ४९ बजे

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ