धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु « Khabarhub

धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ ।

गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ ।

प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले गोष्ठीको शुभारम्भ गर्दै सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकहरुको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न महत्वपूर्ण रहेको बताए ।

बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्को देशमा हुन सक्ने अपराध र त्यसको न्यूनीकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्वपूर्ण हुने उनले बताए ।

त्यस्तै, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विश्वबाटै अन्त्य गर्ने अभियान जारी रहेका बेला बामगती प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र भएका अपराध अनुसन्धान तथा नागरिकहरुको सुरक्षाका बारेमा समिक्षा गर्ने महत्वपूर्ण गोष्ठीले नागरिक मैत्री सेवामा सहजता आउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा साइबर अपराध, अनुसन्धानका चुनौती, संहिता कानूनको कार्यान्वयन, बागमती प्रदेशका जिल्लाहरुमा भएका अपराध र अनुसन्धानमा भएका प्रगति तथा समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिने बामगती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : १७ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर