दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आज सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने, संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन, दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता, सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन, द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्नेलगायतका समाचारले प्रमुख स्थान पाए ।

सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी थालेको छ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको हो ।

आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ ।

संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो । यसबीचमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेको थियो ।

उजुरीकर्तामध्ये सम्पर्कमा आएका एकजनासँग समितिले आइतबार नै छलफल गरेको थियो । उजुरीलगायत भावी कार्ययोजनाबारे छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

यसअघि गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

कमल थापाले बोलाए कार्यसम्पादन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालय मार्फत खबर गरिएको छ, उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भने । उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तह प्रती देखिएको जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्वपूर्ण छलफल भइ पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ । गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनि काठमाडौं आइपुगिसकेका छन् । थापाले पार्टीले अबलम्बन गर्ने निति, सिद्धान्त, एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो ।

यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्‍याइएको छ । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरू थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन २६ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन गरेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्नै कुनै जानकारी बिना विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएपछि सात दिनभित्र सम्पर्कमा आउन निर्देशन गरेको हो ।

नेपालगञ्जमा रातो नम्बर प्लेट भएका इ–रिक्सालाई प्रतिबन्ध लगाइने

नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ–रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ ।

नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ०० बजे

सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो

दशगज्जा क्षेत्रको सरसफाई

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको