१३१ औँ माओ दिवसमा क्रान्तिकारीको लाल मार्चपास « Khabarhub

१३१ औँ माओ दिवसमा क्रान्तिकारीको लाल मार्चपास


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौंको खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो ।

क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा गरिएको लाल मार्चपास शान्तिबाटिकामा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने बताए । उनले  वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरे  । उनले शासन सत्ता फेरिएको भए पनि शोषण, उत्पीडनका रूपहरू पुरानै रहेको बताए  ।

अध्यक्ष वैद्यले कम्युनिस्टहरू अहिले कांग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको भन्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बनेर गएको उल्लेख गरे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : १५ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई