दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत | Khabarhub Khabarhub

दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित सार्वजनिक महत्वका झण्डै एक दर्जन प्रस्ताव आज स्वीकृत गरेको छ ।

नगरसभाको दोस्रो बैठकमा नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर वाङ्मय प्रतिष्ठान विधेयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ टेबल गरेका थिए ।

योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको सङ्गठन संरचनामा हेरफेर, लिजको नतिजा २०७८÷७९, अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन २०७८/७९ लगायत सार्वजनिक महत्वका विषय पनि बैठकमा टेवल गरेका थिए। ती विधेयक र सार्वजनिक महत्वको विषयसँगै आज प्रस्ताव गरिएका थप सात सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाबीच भएको सहमतिअनुसार कोहलपुर नगरपालिकामा फुटबल एकेडेमी तत्काल सञ्चालनका लागि एन्फा लगायतसँग पुनःअनुरोध गर्ने जनाइएको छ । साथै, कोहलपुर नगरपालिकामा वर्षेनी हुने डुबान नियन्त्रणका लागि डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गर्ने रहेका छन् ।

नेपाल सरकार सहरी विकास मन्त्रालयबाट सञ्चालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेटी योजना स्वीकृतीका लागि अनुरोध गर्ने र खानेपानी तथा ढल निकास व्यवस्थापनलाई मन्त्रालयमा पहल गर्नेलगायत छन् । बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिएको बताए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ०६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द