फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह « Khabarhub

फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गतेभित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् । मुख्यमन्त्री बनेपछि दोस्रो पटक काठमाडौँ पुगेका शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाडौँ गएका शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन् ।

‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वान गर्ने तयारी पनि गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठ्यारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिब दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौँ, र अब यो सरकार दिगो पनि हुने छ ।’ उनले भनेका छन्।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनाए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै धामीले सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकारहरू बन्ने बताए । तर यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमन्त्री बनाउने भन्ने निर्णय अहिले नभइसकेको उनको भनाइ छ ।

राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धन बनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले सजिलै विश्वासको मत पाउने परिस्थिति बनेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितिमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसँग ३४ जना प्रदेश सभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ०३ बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा