छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी — धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो ।

साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ ।

मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : ५६ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका