बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह « Khabarhub

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापान सरकारले चिनियाँ कानून उल्लङ्घन गरेको आरोपमा यहि महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ ।

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानी दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएका जानकारी गराएका हुन् ।

उनले ती व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिएनन् ।

मात्सुनोले भने, ‘यो घटनाबारे हामीले थाहा पाएदेखि नै ती नागरिकलाई तत्काल रिहा गर्न जापानी सरकारले जोडदार आग्रह गर्दै आएको छ ।’

टोकियोले ती व्यक्तिसँग वाणिज्य दूतावासको पनि माग गरिरहेको उनले बताए ।

यसअघि, सन् २०१९ को अक्टोबरमा जासुसी गरेको आरोपमा एक जना जापानी प्राध्यापकलाई चीनले पक्राउ गरेको थियो । तर, उनलाई अर्को महिना रिहा गरिएको थियो । उनी तत्काल जापान फर्किएका थिए ।

सन् २०२० को मार्चमा पनि चीनको विदेश मन्त्रालयले जापानमा विश्वविद्यालयका प्राध्यापकका रूपमा कार्यरत एक चिनियाँ व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र