बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह | Khabarhub Khabarhub

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापान सरकारले चिनियाँ कानून उल्लङ्घन गरेको आरोपमा यहि महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ ।

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानी दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएका जानकारी गराएका हुन् ।

उनले ती व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिएनन् ।

मात्सुनोले भने, ‘यो घटनाबारे हामीले थाहा पाएदेखि नै ती नागरिकलाई तत्काल रिहा गर्न जापानी सरकारले जोडदार आग्रह गर्दै आएको छ ।’

टोकियोले ती व्यक्तिसँग वाणिज्य दूतावासको पनि माग गरिरहेको उनले बताए ।

यसअघि, सन् २०१९ को अक्टोबरमा जासुसी गरेको आरोपमा एक जना जापानी प्राध्यापकलाई चीनले पक्राउ गरेको थियो । तर, उनलाई अर्को महिना रिहा गरिएको थियो । उनी तत्काल जापान फर्किएका थिए ।

सन् २०२० को मार्चमा पनि चीनको विदेश मन्त्रालयले जापानमा विश्वविद्यालयका प्राध्यापकका रूपमा कार्यरत एक चिनियाँ व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ५३ बजे

मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुस् : सुमना श्रेष्ठ

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधान गरी

राजेन्द्र लिङ्देनले भने- १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक हुँदैन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने

बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय

आईसीसी महिला टी–२० : थाइल्याण्डसँग नेपाल सुपर–थ्रीमा पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्रीको दोस्रो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ