भृकुटीमण्डपमा फ्लोरा एक्स्पो आयोजना हुने « Khabarhub

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो आयोजना हुने


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ फ्लोरा एक्स्पो काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र बिस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २४ औँ फ्लोरा एक्स्पो गर्न लागिएको बताए । उनले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रूपमा पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताए ।

उनले एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताए । उनले मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलङ्कारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो बीउ बिजन लगायत बिक्री कक्षमा राखिने बताए ।

उनले प्रदर्शनीमा व्यवसायीहरूले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुरस्कारले समेत पुरस्कृत गर्ने बताए ।

त्यस्तै,एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए । उनले प्रदर्शनीमा सरकारको कुनै पनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताए । उनले प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरूलाई एक सय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए ।

साथै प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरू आयात गरेर ल्याउने गरेको तामाङले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : ५१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै