चितवनमा तोरीको उत्पादन बढ्यो « Khabarhub

चितवनमा तोरीको उत्पादन बढ्यो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको हो ।

केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा १९ हजार एक सय आठ मेट्रिक टन तोरी उत्पादन छ । आव २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकोमा १२ हजार दुई सय १८ मेट्रिक अटन तोरी उत्पादन भएको थियो । आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरीखेती गरिएकोमा १४ हजार आठ सय ६२ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

तीन वर्षको तथ्याङ्कलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ । चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको पुनले जानकारी दिए । तोरी खेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान तोरी खेतीतर्फ आकर्षित भएको पुनले बताए ।

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : १३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन