एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान | Khabarhub Khabarhub

एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सोमबार एक भव्य समारोहवीच सम्मान गरिएको छ । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

संस्थाकोतर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सदस्य जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । विजुक्छेंले जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । संस्थाले प्रत्येक वर्ष संस्थाका सदस्य ७० वर्ष नाघेका बृद्धबृद्धालाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा जनाइए अनुसार संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम थालेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो । तीमध्ये स्वास्थ्यलगायतको विविध कारण ३५ जना जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन नसकेको कार्यक्रममा बताइयो । सोमबार थप एक सय १५ जना सदस्य जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

संस्थाले ६० वर्षमाथिका व्यक्तिहरुलाई जेष्ठ नागरिकको मान्यता दिएको छ । तर पनि सम्मान भने ७० वर्षमाथिकालाई मात्रै गर्दै आएको छ । संस्थामा पाँंच सय ९७ जना जेष्ठ नागरिकहरु सदस्य रहेको जानकारी गराइएको छ । उनीहरुबाट ४२ करोड ८० लाख रुपैयाँं बचन भएको जनाइएको छ ।

संस्था भक्तपुरकै सवैभन्दा ठूलो सहरकारी संस्था हो । यसमा कुल १६ हजार दुई सय १० सदस्य रहेका छन् । संस्थामा दुई अर्व ७० करोडको पुँजी रहेको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बृद्धबृद्धाहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गरे।

अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका जेष्ठ नागरिकहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उनंले बताए । त्यसकारण त्यस्त जेष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराए । उनंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना जेष्ठ नागरिकहरुलाई सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : ४७ बजे

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको