कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दो | Khabarhub Khabarhub

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दो


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरू छन । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताए। ‘पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन ।’ उनले भने –’अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण जाँच भइरहेको छ ।’

यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए । 

‘बुधबार शंकास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।’ उनले भने–’अहिले शंकास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।’

गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रीति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताइन् । ‘बुधबार तीन जनामा सङ्क्रमण देखिएको छ ।’ उनले भने–’अहिले घर फर्किनेको सङ्ख्या कम छ ।’ बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ४४ बजे

सात वर्षमा सात सरकार झेल्दै गण्डकी प्रदेश : सर्वत्र टुक्रे योजना

पोखरा – गण्डकी प्रदेश स्थापना भएर सञ्चालनमा आएको सात वर्ष

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं– हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको

‘६ महिना पहिले र अहिलेका प्रचण्ड उही हुन् कि फरक ?

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो

ओली र देउवाले ‘रिक्वेस्ट’ गर्नुभयो, निर्णय शनिबार

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे पार्टीको औपचारिक