काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ।
बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठनलाई निर्देशन दिएको थियो। त्यसैको विरोधमा विद्यार्थी संगठनले कार्यक्रम गर्न पाउनुपर्ने माग गर्दै विभागको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको हो।
युनियनका पदाधिकारी आएर तालाबन्दी गरेको काठमाडौँ महानगरका एक अधिकारीले बताएका छन् ।
संस्थागत विद्यालय शाखामा विद्यालयलगायतका शिक्षा क्षेत्रको विभिन्न काम हुने गरेको थियो तर तालाबन्दी हुँदा नियमित हुने कामकारबाही समेत प्रभावित भएको छ।












प्रतिक्रिया