हिंसा पीडितलाई मनोसामाजिक परामर्श प्रदान  « Khabarhub

हिंसा पीडितलाई मनोसामाजिक परामर्श प्रदान 


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताएका छन् । 

उनले भने, ‘गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।’ केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उनले बताए। “स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, ‘चाहे घरेलु हिंसा होस् चाहे लैंगिक वा यौन हिंसा होस् परेका हुन् सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्श सेवा प्रदान गरिँदै आएको छ ।’

उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरुलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने वस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उनले जानकारी दिए । ‘गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ ।अहिलेसम्मको तथ्याङक अनुुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ । 

‘समाजका अगाडि पीडितहरूले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्, मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठले भने, ‘वास्तविक समस्या बुझेर उनीहरूका पीडा कम गर्ने र जीवनजिउने आत्मविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर निःशुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।’

हिंसामा परेका पीडितले निःशुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताए। अस्पतालमा पुगेर उपचार गराएपछि आत्मविश्वास बढेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १२ : १७ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा