धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्री श्रेष्ठको आग्रह « Khabarhub

धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्री श्रेष्ठको आग्रह


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे। 

धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले संविधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए।

भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याई दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरे । 

‘सुन तस्करी सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्‍यो, अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘सिआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौ ।’

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले बताए । 

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए ।  

गौर हत्याकाण्डका विषयमा पत्रकारहरूले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धान रोकिएको होइन्, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ, त्यसैले थप अनुसन्धान भइरहेको छ, यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँ ।’  

यसैगरी गृहमन्त्री श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै उनले आज दिउँसो वीरगञ्जस्थित टाउन हलमा नेकपा (माओवादी केन्द्र)को प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ११ : ५४ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा