अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना « Khabarhub

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सिड्नी– संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतबार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएको हो । 

दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित अमेरिकी  सुरक्षा निकायका २० जना सदस्य थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई डार्विन अस्पताल लगिएको तथा एक जनाको अवस्था गम्भीर छ । 

संयुक्त युद्धअभ्यासमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् । उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । 

एशिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १ : ०२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा