याकचौँरीका बाच्छाबाच्छीको संरक्षण प्राथमिकतामा « Khabarhub

याकचौँरीका बाच्छाबाच्छीको संरक्षण प्राथमिकतामा


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौँरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।

खर्कमा राखेर पालिएका याकचौँरीका बाच्छाबाच्छीको संरक्षणका लागि अनुदानमा तारबारसहितको गोठ निर्माण गर्न प्रोत्साहन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा नारायण कुसुमले मनाङ याकचौँरीको ‘हब’ भएकाले बाच्छाबाच्छीलाई संरक्षणका लागि अनुदानलाई निरन्तरता दिइएको जानकारी दिए। 

उनका अनुसार हिउँ चितुवाले याकचौँरीका बाच्छाबाच्छीलाई बढी आक्रमण गरी क्षति पुर्‍याउँदै आएकाले संरक्षणका लागि अनुदान दिइएको हो । प्रमुख कुसुमले भने, ‘पशुपालक किसानलाई हुने क्षतिमा राहत पुर्‍याउने उद्देश्यले अनुदानमा तारबारसहितको गोठ निर्माण गरिएको छ, खर्कमा बाच्छाबाच्छी बढी जोखिममा पर्ने हुन्, तर याकचौँरीलाई नै पनि आक्रमण हुने गरेको छ ।’ 

याकचौँरीका बाच्छाबाच्छीको संरक्षण गर्न निकै कठिन हुने र यसबाट हुने क्षतिबाट किसािनलाई राहत दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको संयुक्त प्रयासमा वैकल्पिक प्रविधि एवं सहयोग किसानसमक्ष पुर्‍याउने गरिएको उनले बताए ।

पशुपालक किसानलाई यस क्षेत्रमा नै प्रोत्साहन गर्न विविध कार्यक्रम सञ्चालनको निरन्तरता दिन चालु आर्थिक वर्ष २०८०-८१ का लागि बजेट विनियोजन गरिएको उनले बताए। उनका अनुसार कूल रु दुई करोड सात लाख एक हजार बजेट विनियोजन गरिएको छ ।

पूँजीगततर्फ प्रयोगशाला कोठा ‘पार्टिसन’ गर्ने र वाल र्‍याक, कार्यालय तथा आवास क्षेत्रको तारबारसहितको वाल कम्पाउण्डिङ, तालिम हल ‘प्लाङकिङ’ तथा पूरा ‘फर्निसिङ’, प्रयोगशाला एवं डिस्पेन्सरी उपकरण खरिद, ट्राइनाकुलर ओलम्पस क्यामराजडित माइक्रोस्कोप खरिद, फर्निचर खरिद लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको कुसुमले जानकारी दिए। 

उनका अनुसार प्रयोगशाला कोठा पार्टिसन-वाल  र्‍याकमा रु छ लाख, कार्यालय र आवास क्षेत्रको तारबारसहितको वाल कम्पाउण्डिङमा रु १८ लाख, तालिम हल प्लाङकिङ तथा पूरा फर्निसिङमा आठ लाख, प्रयोगशाला तथा डिस्पेन्सरी उपकरण खरिदमा रु तीन लाख, ट्राइनाकुलर ओलम्पस क्यामराजडित माइक्रोस्कोप खरिदमा रु चार लाख र फर्निचर खरिदमा रु एक लाख बजेट विनियोजन गरिएको छ । 

चालुतर्फ पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, पशु आहारा प्रवर्द्धन कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम, पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रम र एकीकृत स्वास्थ्य कार्यक्रमलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन भएको कुसुमले जानकारी दिए । 

उनका अनुसार पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रममा रु छ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रममा रु ३६ लाख ४० हजार, पशु आहारा प्रवर्द्धन कार्यक्रममा रु छ लाख, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रममा रु एक लाख पाँच हजार, पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रममा रु १५ लाख र एकीकृत स्वास्थ्य कार्यक्रममा रु छ लाख बजेट विनियोजन गरिएको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अनुदान तथा अन्य कार्यक्रममा वास्तविक किसानसमक्ष पुग्नुपर्ने बताए। सङ्घ र प्रदेश सरकारबाट आउने कार्यक्रममा स्थानीय तहमार्फत सञ्चालन गरिएका कार्यक्रमसँग जुध्न सक्ने सम्भाव्यतालाई ख्याल गरी त्यस्ता कार्य दोहोरिन नदिनतर्फ सचेत हुन अध्यक्ष घलेले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले किसानको व्यावसायिक सुनिश्चितताका लागि कृषि र पशु बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। पशुपालक किसानलाई अनुदान र विभिन्न तवरबाट हुने क्षतिमा सहयोग पाउन सके यसबाट पेसा फेर्नुपर्ने अवस्थाबाट सुरक्षित गराउन सकिने अपेक्षा गरिएको विज्ञ केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : ०७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा