बागलुङका स्थानीय तहमा पशुपालन आयोजना सञ्चालन | Khabarhub Khabarhub

बागलुङका स्थानीय तहमा पशुपालन आयोजना सञ्चालन


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङका स्थानीय तहले चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा साढे चार करोड बजेट खर्च गर्ने भएका छन् । स्थानीय तह आफैँले बनाएका नीति तथा कार्यक्रमको कार्यान्वयन र संघीय ससर्त अनुदान कार्यान्वयन गर्दा उक्त बजेट खर्च हुने भएको हो । 

जिल्लाका १० स्थानीय तहले पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा तीन करोड ४३ लाख ८८ हजार पाँच सय विनियोजन गरेका छन् । संघीय सरकारले ससर्त अनुदान रु एक करोड दुई लाख ५८ हजार विनियोजन गरेको छ । जिल्लाभर स्थानीय र संघीय सरकारले रु चार करोड ४६ लाख ४६ हजार पाँच सय खर्च गर्ने योजना रहेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रले प्रदेश सरकारले विनियोजन गरेका कार्यक्रमको कार्यान्वयन गर्नेछ ।

जिल्लामा सबैभन्दा धेरै निसीखोला गाउँपालिकामा पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा खर्च हुनेछ । निसीखोलामा  ६२ लाख ५० हजार चालु आर्थिक वर्षमा खर्च हुने अनुमान छ। संघीय ससर्त र स्थानीय विनियोजनसमेत गरेर गलकोट नगरपालिकामा ५९ लाख, बरेङ गाउँपालिकामा रु ५८ लाख, जैमिनी नगरपालिकामा रु ४३ लाख, बडिगाड गाउँपालिकामा ४२ लाख विनियोजन गरिएको छ ।

ढोरपाटन नगरपालिकामा रु ४१ लाख, तमानखोलामा रु ३१ लाख, काठेखोलामा रु ४३ लाख, ताराखोलामा र ३१ लाख र बागलुङ नगरपालिकामा रु ३३ लाखभन्दा धेरै बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले विभिन्न कार्यक्रममा रु चार करोड ५२ लाख खर्चिने योजना रहेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । 

उपकरण खरिद, मर्मतलगायतका कामका लागि रु १४ लाख ९० हजार विनियोजन गरिएको छ । केन्द्रमार्फत जिल्लाभर कार्यक्रम सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु चार करोड ३७ लाख १७ हजार विनियोजन गरिएको सापकोटाले बताए ।

‘कार्यक्रम र बजेटका हिसाबले यो वर्ष सुधारोन्मुख छ, तर सङ्क्रामक रोगका कारण पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा जोखिम बढेको छ, उत्पादनमा क्षति हुने देखिन्छ’, उनले भने, ‘लम्पी स्कीन, स्वाइनफ्लु, कुखुरामा देखिएको भाइरसले उत्पादन घटाउँछ ।’ माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर भइसकेको भए पनि पछिल्लो समय फैलिएको सङ्क्रमणका कारण उत्पादन घटेको सापकोटाले बताए ।

विज्ञ केन्द्रले पशुपछी तथा मत्स्यपालनका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्ने र कार्यक्रम नदोहोर्‍याउने प्रयास भएको उनले बताए । विनियोजित बजेटका विषयमा किसानले पनि चासो राख्न थालेका छन् । ‘किसानलाई दिने अनुदानका कार्यक्रम धेरै छन्, तर प्रक्रिया झन्झटिला छन्, वास्तविक किसान कहाँ सरकार पुग्दैन’, बागलुङ–३ का किसान गङ्गा थापाले भने, ‘कार्यक्रम कार्यान्वयनका प्रक्रिया सरलीकृत गर्नुपर्छ ।’ 

चालु आवमा जिल्लाभर सञ्चालन हुने योजना तथा कार्यक्रम उत्पादनमा आधारित र अनुदानमा केन्द्रित हुने विज्ञ केन्द्र प्रमुख सापकोटाले बताए । बर्सेनि करोडौँ खर्चिने तर उपलब्धि नदेखिने परिपाटीको अन्त्य गरिने उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : ४४ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको