रूपान्तरणका लागि ‘जनतासँग माओवादी’ अभियान « Khabarhub

रूपान्तरणका लागि ‘जनतासँग माओवादी’ अभियान


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विशुन्खेले नेताहरु आफैँबाट रूपान्तरण सुरुआत गर्न  जनतासँग माओवादी विशेष अभियान थालिएको बताएकी छिन् ।

अभियान सञ्चालनका लागि बनेपा नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जनताबाट गुमेको विश्वास पुनः कायम गराउनका लागि पनि विशेष रुपान्तरण अभियान सञ्चालन गरिएको जानकारी दिइन् । विगतमा पार्टीका नेताहरुले पनि सङ्गठन बनाउने नाममा सदस्यहरूको व्यवहार र चरित्रबारे नबुझीकन टपक्क टिपेर जिम्मेवारी दिने गरेका कारण सच्चा र इमान्दार नेता तथा कार्यकर्ता पाखा लाग्नाका साथै पार्टीमा समेत  आँच आउने भएकाले  अब पार्टीको विधान सुधार गर्दै जान पाटी अग्रसर भएको नेत्री विशुन्खेले बताइन् ।

“माओवादी पछिल्लो समयमा रक्षात्मक भएर मात्रै उभिएकाले जनताको विश्वास पनि गुमाउँदै गयौँ”, उनले भनिन्, “अब पहिलेकै स्थितिमा पुग्नका लागि पनि आक्रामक शैलीमा अगाडि बढ्नुको विकल्प छैन ।” अहिले सञ्चालन गरिएको अभियानबाट आगामी निर्वाचन जित्ने गरी सङ्गठन निर्माण र जनआधार तयार गर्दै अगाडि बढ्ने पनि नेत्री विशुन्खेले जिकिर गरिन् । सोही दलका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले पार्टी सङ्गठनलाई चलायमान बनाउन र गुटउपगुट अन्त्य गर्न रूपान्तरण अभियान सञ्चालन गरिएको बताए ।

“अभियानका क्रममा जनताका बीच जाने र निष्क्रिय रहेका नेता, कार्यकर्ता र सङ्गठनलाई सक्रिय बनाएर सुदृढीकरणको अभियान थाल्ने छौ”, उनले भने, “त्यसका लागि पनि केन्द्रीय नेताहरु नै गाउँगाउँमा जिम्मेवार भएर अभियानमा जुटेका छौँ ।” अभियानका क्रममा पार्टी सङ्गठन सुधारका साथै विकास निर्माणको कामको समीक्षा गर्ने र आगामी दिनमा गर्नुपर्ने योजनाका बारेमा समेत छलफल हुने नेता बटालाले बताए ।

पार्टीकै  बागमती प्रदेश कमिटी सचिवालय सदस्य मिना पाख्रिनले पार्टीको जिम्मेवारी लिने वेलामा तछाडमछाड गर्ने अनि रिपोर्टिङ गर्ने तर जिम्मेवारी बहन गर्ने बेलामा निराशा र कुण्ठा मात्रै व्यक्त गर्ने कामलाई समेत रुपान्तरण गर्नका लागि यस अभियानले भूमिका निर्वाह गर्ने  बताइन् ।

सोही दलका बनेपा नगरपालिका–२ का वडा कमिटी कार्यवाहक अध्यक्ष रामकृष्ण गिरीले निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई जिताएपछि पार्टी नेतृत्वबाट नै नगरमा पार्टीलाई भूमिकाविहीन बनाइएको बताए । रूपान्तरण अभियानअनुसार यसअघि जिल्लामा पार्टीको पूर्ण बैठक गरेर जिल्लाका सबै पालिकामा बैठक तथा छलफल  भइरहेको छ ।

सोही अनुसार बनेपा, पनौती, भुम्लु, तेमाललगायत  पालिकास्तरमा बैठक सम्पन्न गरिएको र अन्य पालिकामा तयारी भइरहेको जनाइएको छ । पार्टीले अभियान सञ्चालन गर्ने भएपछि नेता कार्यकर्तामा उत्साह पनि थपिएको छ । माओवादी केन्द्रले आउँदो  १६ गते देशव्यापी रुपमा एकसाथ राष्ट्रिय अभियान गर्ने भएको भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : ०४ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,