वैदेशिक रोजगारीको लागि साउदी पुगेका ४ नेपाली बेपत्ता « Khabarhub

वैदेशिक रोजगारीको लागि साउदी पुगेका ४ नेपाली बेपत्ता


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चार नेपाली युवा बेपत्ता भएका छन् । २ वर्ष अघि साउदी अरब गएका नुवाकोट विदुर (६ महारानी डिहीका सुशील सडौला बेपत्ता भएका हुन् ।

गत जेष्ठ १५ गते देखि छोरा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आमा पम्फा सडौलाले रियादस्थित नेपाली दूतावास ,सङ्घसंस्थाका प्रतिनिधिलाई गुहारेकी छिन ।

२०२१ सेप्टेम्बर १३ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर काठमाडौं सिनामंगलस्थित रोप ईन्टरनेशनल प्रालि मार्फत रियादको अब्दुल्लाह फोर्ड अल मुल्ताई सपोर्ट कम्पनीमा गएका सडौला न कम्पनीमा भेटिन्छ ,न परिवारको सम्पर्क रहेका छन्।

परिवारको कमाउने छोरा नै सम्पर्कविहीन भएपछि उनीहरू दुखी छन्। उनी बेपत्ता भएको खबर पाएपछि रोप ईन्टरनेशनल र वैदेशिक रोजगारी बिभागले आबस्यक सहयोग प्रतिबद्धता जनाएको आमाले बताइन् ।

यस्तै, रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा न . १ पाङ एपेका चुडामणि घर्ती बेपत्ता भएका छन् । लामो समयदेखी साउदीको जुबेलमा रहेको अरबियन फल कम्पनीमा कार्यरत रहेका घर्ती गत हप्ता मार्केटमा सामान किन्न जान्छु भनेर हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको भन्दा उनका आफन्तले नेप्लीज इन साउदी अरेबिया भन्ने ग्रुपमा फोटो सहित खोजीगरीदिन अनुरोध गरेका छन् ।

यसैगरी, २०१८ मा साउदी गएका जय सिंह बिष्ट पनि बेपत्ता भएका छन् । दुई-तीन वर्षदेखि बिष्ट पनि घर परिवारको सम्पर्क नरहेको भन्दै खोजतलास गरिदिन नेपाली दूतावास लगायत संघसस्थालाई अनुरोध गरेका छन् । 

यस्तै, स्याङ्जाको पुतलीबजार-४ का टुकबहादुर घर्ती विगत २ वर्षदेखि साउदीमै बेपत्ता भएका छन्। २०१६ अक्टोबरमा साउदीको इसा रसिद अलवादेन क्याटरिङ नामक कम्पनीमा लेवरको काम गर्न गएका उनी साउदी पुगेको तीन महिना देखि नै परिवारसँग सम्पर्कविहीन भएका थिए। उनको पनि खोजीकार्य जारी रहेको छ ।

पछिल्लो समय साउदी अरबमा बेपत्ता हुने नेपालीको संख्या बढ्न थालेको छ । त्यहाँ नेपालीहरू बेपत्ता हुनुको प्रमुख कारण कानुन उलङ्घन नै मानिएको छ । नियम कानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

रियादस्थित नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार लागूऔषध केसमा पक्राउ परेकाहरूलाई साउदी सरकारले डेढ महिनासम्म बाहिर नल्याउने हुँदा कतिपयका आफन्तहरूले हराएको भनेर दूतावासमा निवेदन दिने गरेको बताए ।

कतिपय नेपालीहरूले जेल प्रसाशनले बाहिर देखाएपछि मात्र आफूलाई साउदी प्रहरीले पक्राउ गरी थुनामा राखेको बताउने गरेका छन् । धेरै नेपालीहरू साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई गरेका करण जेल पर्ने गरेको र हत्तपत्त बाहिर थाहा नहुने बेपत्ता भयो भनेर परिवारले खोज्ने गरेका छन् ।

बिक्रीवितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिवाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले पटक-पटक नेपाली समुदायलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ३९ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्