सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन « Khabarhub

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्रस्तुतीकरण गर्दै नेपाल सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहनुभएका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जानकारी दिए ।

उनले भने , “सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर सङ्कलन गरिएको छ ।”

‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उनले बताए । उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेले गरेको सहयोगको प्रशंसा गरे ।

उनले भने, “केही सकारात्मक प्रयास भएको छ । यद्यपि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाइ सम्भव छ । यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्यकय छ ।”

सहायक रथी पाण्डेले हिमाल सफाइको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकाले यो वार्षिकरूपमा चलिरहेको बताए । उनले थपे , “जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाइ अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ । विसं २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । सन् २०२१, २०२२, २०२३ मा हिमाल बचाउ नारासहित नेपाल सरकारले रु आठ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।”

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ३७ बजे

अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग

सियोल- दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा