भारतीय दूतावासद्वारा नेपाली क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण « Khabarhub

भारतीय दूतावासद्वारा नेपाली क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भारतीय राजदूतावासले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।

काठमाडौँको लैनचौरस्थित दूतावासमा हिजो आयोजित समारोहमा कप्तान रोहित पौडेल नेतृत्वको क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूलाई स्वागत गर्दै सो सामग्री हस्तान्तरण गरिएको हो ।

समारोहमा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त सामाग्री बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो ।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले गरेको बेजोड प्रदर्शनको प्रशंसा गरे ।

उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । उनले आज हुने त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना पनि दिए ।

समारोहमा नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेको थियो ।

दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बीपी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, क्रिकेट टोलीका प्रशिक्षक श्री मोन्टी देसाईको पनि उपस्थिति थियो । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : ३३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित