भारतीय दूतावासद्वारा नेपाली क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण « Khabarhub

भारतीय दूतावासद्वारा नेपाली क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भारतीय राजदूतावासले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।

काठमाडौँको लैनचौरस्थित दूतावासमा हिजो आयोजित समारोहमा कप्तान रोहित पौडेल नेतृत्वको क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूलाई स्वागत गर्दै सो सामग्री हस्तान्तरण गरिएको हो ।

समारोहमा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त सामाग्री बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो ।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले गरेको बेजोड प्रदर्शनको प्रशंसा गरे ।

उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । उनले आज हुने त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना पनि दिए ।

समारोहमा नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेको थियो ।

दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बीपी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, क्रिकेट टोलीका प्रशिक्षक श्री मोन्टी देसाईको पनि उपस्थिति थियो । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : ३३ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर