यी प्रदेशमा हल्का वर्षाको सम्भावना | Khabarhub Khabarhub

यी प्रदेशमा हल्का वर्षाको सम्भावना


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ ।

पश्चिमी वायुको प्रभावले आज दिनभरजसो देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने उनको भनाइ छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

“आज देशभर नै आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । अहिले कोशी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ । विशेषगरी देशका पश्चिमी भेगमा बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ”, मौसमविद् लामिछानेको भनाइ छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आज दिनभर बदली रहे पनि भोलिदेखि मौसम क्रमिकरुपमा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : १२ बजे

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं– सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली

प्राकृतिक विपद : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी

काठमाडौं–  गत असोजको १० गते पछिको अविरल वर्षापछि आएको बाढी

क्रिकेटका लागि यो वर्ष कति रोमाञ्चक हुनसक्छ ?

वर्ष २०२५ को पहिलो महिना क्रिकेटका लागि त्यत्ति सारो रोमाञ्चक

सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर– बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक