निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध इन्डोनेसियाका मजदुरले गरे प्रदर्शन « Khabarhub

निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध इन्डोनेसियाका मजदुरले गरे प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जाकर्ता सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए । 

सुलावेसी टापुको मोरोवाली औद्योगिक पार्कमा रहेको पिटी इन्डोनेसिया सिङसान स्टेनलेस स्टिल (आइटिएसएस) को स्वामित्वमा रहेको प्लान्टमा मजदुरले भट्टी मर्मत गर्ने क्रममा शनिबार बिहान दुर्घटना भएको थियो । 

सुलावेसी खनिजले सम्पन्न मुलुकको निकेल उत्पादनको केन्द्र हो । निकेल विद्युतीय सवारीको बेट्री र स्टेनलेस स्टिलमा प्रयोग गरिने धातु हो । यस क्षेत्रमा चीनको बढ्दो लगानीले तलब र कामको अवस्थालाई लिएर अशान्ति निम्त्याएको छ । 

एएफपीले प्राप्त गरेको तस्बिरहरूमा सयौँ मजदुर परिसरबाहिर विरोध प्रदर्शनमा भाग लिइरहेको देखिएको छ । मजदुरको प्रतिनिधित्व गर्ने युनियनले प्रहरीलाई पठाएको पत्रअनुसार प्रदर्शनकारीले व्यवस्थापनसमक्ष २३ वटा मागको सूची दिएका छन् ।

मागमा धातु पगाल्ने संयन्त्रलाई राम्रो अवस्थामा राख्नुपर्ने, आपतकालीन स्थितिको सामना गर्न स्वास्थ्य क्लिनिकको सुधार गर्नुपर्ने र चिनियाँ मजदुरलाई इन्डोनेसियाली भाषा सिक्नका लागि बाध्य बनाउनुपर्ने रहेका छन् । 

प्रहरीका अनुसार विस्फोटपछि घाइते भएका ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मृतकमध्ये आठ चिनियाँ पनि रहेको जानकारी दिए। उनले उक्त दुर्घटनाबाट बेइजिङ ‘अत्यन्त दुःखी’ रहेको बताए । 

उनले दैनिक प्रेस ब्रिफिङमा भने,’चीनले सधैँ चिनियाँ लगानीको विदेशी परियोजनाहरूमा सुरक्षित उत्पादनलाई उच्च महत्त्व दिएको छ ।’ विश्वको सबैभन्दा ठूलो निकेल उत्पादक तथा चीनको सबैभन्दा ठूलो स्टेनलेस  स्टिल निर्माता सिङसान होल्डिङ ग्रुपसँग आइटिएसएसमा ठूलो हिस्सा रहेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ३७ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको