धनगढीका मेयरविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश « Khabarhub

धनगढीका मेयरविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो।

उपमहानगरमा जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालविरुद्ध जग्गा व्यवसायी उपेन्द्र प्रसाद अवस्थीले पुस ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ। अब सर्वोच्च अदालतमा धनगढी उपमहानगरले कार्यविधि जारी गर्नुको कारण पेश गर्नुपर्नेछ। 

उपमहानगरपालिकाको कार्यालयले ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ राजपत्रमा प्रकाशित गरेर १० मिटरको सडक हुनुपर्ने मापदण्ड लागू भएपछि जग्गा व्यवसायीले विरोध गर्दै आएका छन्।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ५६ बजे

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव