रविको मुद्दाले एनआरएनलाई असर गर्दैन : शर्मा  | Khabarhub Khabarhub

रविको मुद्दाले एनआरएनलाई असर गर्दैन : शर्मा 


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

लन्डन – गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् ।

फैसलाले ‘गैर आवासीय नेपालीको एक पटकको नेपाली सधैँको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा सत्यता नरहेको पनि शर्माले स्पष्ट पारेका छन्।

‘कसैलाई राजनीति गर्न मन लाग्यो भने विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्न सक्छ । पहिलेको प्रस्तावित कानुनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनीतिक अधिकार प्राप्त गर्ने थियो तर अहिलेको कानुन यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्टदेखि नै राजनीतिमा प्रवेश गर्न पाइन्छ । यो उदार व्यवस्थालाई  सही किसिमले सदुपयोग गर्न सक्नु पर्छ ।’ संघ पूर्व महासचिव समेत रहेका डा.शर्माले लेखेका छन् ।

उनले अदालतको पछिल्लो आदेशले नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने प्रस्ट पारेको बताए । ‘विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैर कानुनी हुँदो रहेछ भनेर गैर आवासीय नेपालीहरूलाई थप सचेत बनाएको उनले भनेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १ : ०१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले