अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ : उपरथी कार्कीले | Khabarhub Khabarhub

अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ : उपरथी कार्कीले


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताएका छन्। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय हात्तीखोरबाट वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षितलाई सम्बोधन गर्दै उपरथी कार्कीले निःस्वार्थ सेवा भावबाट सर्मपित भई देशभक्त नागरिक हुनुपर्नेमा जोड दिए । 

तालिममा सिकेका सीपले भविष्यमा आउनसक्ने चुनौतीलाई सहजरूपमा सामना गर्न सहयोगी हुने विश्वास लिएको उपरथी कार्कीले बताए।

राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त समारोहमा सिनियर डिभिजन ९१७ ब्याजका० पाँच सय ५२ जना क्याडेट दीक्षित भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अनिल महतले बताए ।

तालिममा ललितपुर, भक्तपुर र काठमाडौँका १६ विद्यालयका छात्र र छात्राको सहभागिता  थियो । सहभागीमध्ये उत्कृष्ट २२ जना छात्र र छात्रालाई दज्यानी चिन्हसमेत प्रदान गरिएको थियो । 

राष्ट्रिय सेवा दलको एक सय दिनको तालिममध्ये ७९ दिन विद्यालय र २१ दिन नेपाली सेनाको क्याम्पमा नै लगेर सिकाइन्छ । जहाँ सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्ने शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी महतले बताए।

राष्ट्रप्रति समर्पित, राज्य संस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निर्माण गर्ने उद्देश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो । अहिले प्रत्येक वर्ष सात हजार सात सय राष्ट्रिय सेवा दलका क्याडेट तयार हुँदै आएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ०० बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको