‘फिल्म महोत्सव नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर’ « Khabarhub

‘फिल्म महोत्सव नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर’


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपालमा हरेक वर्ष फिल्म महोत्सव हुने सङ्ख्या बढ्दो छ । स्वदेशी तथा विदेशी फिल्मसहित महोत्सवको आयोजना गरिँदै आएका छन् ।

महोत्सवले नेपाली फिल्मकर्मीलाई विदेशीसँग साक्षात्कार गर्ने मौका प्रदान गर्ने अभिनेत्री गौरी मल्लको तर्क छ । महोत्सवमा विदेशीलाई कथा सुनाउने व्यवस्था गरिदिन उनले आग्रह गरिन । “हाम्रो कथालाई विदेशी फिल्म मेकरसम्म पु¥याउने माध्यम बन्न महोत्सव उपयोगी हुन् सक्छन् । यस किसिमको व्यवस्था गरे नेपाली कथाले विश्व बजारमा स्थान र लगानी पाउने थियो”, अभिनेत्री मल्लले भनिन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी महोत्सवले संस्कृति आदान प्रदान गर्ने जानकारी दिए। “महोत्सवले हाम्रो संस्कृतिप्रति विदेशीलाई आकर्षण गर्न सक्छ । हामीले महोत्सवमा नेपालको संस्कृति देखाउन सक्नुपर्छ”, बोर्ड अध्यक्ष केसीले भने ।

अभिनेता तथा निर्देशक नीर शाहले महोत्सवको सङ्ख्याभन्दा गुणस्तरियता बढाउनुपर्नेमा जोड दिए। “आयोजना हुने महोत्सवले फिल्मकर्मीलाई गुणस्तरीय फिल्म बनाउन प्रेरित गर्नुपर्छ । सङ्ख्या बढ्नु हाम्रो उपलब्धि होइन । फिल्मकर्मीको स्तरीयता बढ्नु जरुरी छ”, अभिनेता शाहले भने ।

गैँडाको उपनामले परिचित हास्य कलाकार तथा निर्देशक निर्मल शर्माले निर्मातालाई उपयोगी हुने कक्षा राख्न महोत्सव आयोजकलाई अनुरोध गरे। “महोत्सवमा एउटा सेग्मेन्ट फिल्ममा ‘कसरी लगानी गर्ने र कसरी लगानी उठाउने’ भन्ने सम्बन्धमा हुनु जरुरी छ । यसबारे नबुझी लगानी गर्दा उहाँहरूले नकारात्मक प्रचार गरेको पाइएको छ”, हास्य कलाकार शर्माले भने।

नेपालमा फिल्म, सर्ट फिल्म, थियटरसँग जोडिएका २० को हाराहारीमा महोत्सव हुने गरेका छन् । महोत्सवको सङ्ख्या बढ्दै गर्दा यसको उपलब्धि भने बढ्न सकेको छैन ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ०५ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा