भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु  « Khabarhub

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु 


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको जिल्ला अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवाको सेवा सुरु भएको छ । सेवा विस्तार गर्दै गइरहेको अस्पतालले यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु गरेको हो ।

२ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा ३२ स्लाइसको सिटी स्क्यान मेसिन र ब्लड बैंक सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पन्थीले वर्षौंको इतिहास बोकेको सिद्धार्थनगरको गौरवको रुपमा भीम अस्पताल रहेको बताउँदै कोरोनाकालमा यस अस्पतालले प्रदेश सरकारलाई गुन लगाएको बताए ।

सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताउँदै उनले प्रदेश सरकारले अस्पतालका लागि चाहिने आवश्यक न्यूनतम जनशक्ति उपलब्ध गराउनमा कमि नगर्ने र प्रदेश सरकारले यो अस्पताललाई प्राथामिकता दिँदै उल्लेखनीय बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताए । 

हालै मात्रै करिब ४० लाखको लगानीमा लायन्स भिडियो एक्सरे र इसीजी सेवा सुरु गरेको अस्पतालले बिरामीहरूलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरूको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालका अध्यक्ष नरायण भण्डारीले बताए । 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १ : ३७ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न