सेयर बजारमा ३.८१ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ३.८१ अंकको गिरावट


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अङ्कले घटेर ३८१.९३ विन्दुमा पुगेको छ।

यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसूचकमा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी शिवम् सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ । मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।

आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ४९ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत