फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने « Khabarhub

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् ।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूसँग अन्तरङ्ग कुराकानी गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेका छन्। उनले आफ्नै नामको च्यानलबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जीवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन्।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र ‘प्रेम गीत ३’ ले नेपाल र भारतमा लोकप्रियता कमाएको छ।

श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म क्षेत्रको अनुभव सेयर गर्नेछन् । उनले प्रोमोमा भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिनँ । मलाई बनाउने दर्शक, श्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकूँ ।

उनले आफ्नो कार्यक्रममार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : १९ बजे

विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिजुलीको पूर्वाधारमा लगानी गर्नको लागि

निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै दिन कसैले पनि निजी

आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेका छौँ : मुख्यमन्त्री बानियाँ 

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न आग्रह

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट