विपद्को पूर्वतयारी कार्यक्रमलाई उच्च प्राथमिकता दिन आग्रह « Khabarhub

विपद्को पूर्वतयारी कार्यक्रमलाई उच्च प्राथमिकता दिन आग्रह


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्।

गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित  विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । 

‘विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ’, उनले भनिन्, ‘यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।’ विगतमा पनि पूर्वतयारी नहुँदा पनि  विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ । 

भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको जनाउँदै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । उनले जनप्रतिनिधि, समाजका अगुवाहरुले पूर्वतयारीका कुराहरु सिक्नुपर्ने बताइन्। ‘जनप्रतिनिधि, समाजका अगुवाहरूले विपद् पूर्वतयारीका कुराहरूमा जानकारी भएमा विपद् हुँदा उद्धारमा धेरै सहज हुन्छ’, उनले भनिन्, ‘यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्वतयारी नहुँदा उद्धार फितलो हुन्छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ३० बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने