खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट रिसवत लिएको आरोपमा ढुंगेलविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गरिएको हो । 

ढुंगेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार रिसवत मागेको अख्तियारको दाबी छ । आयोगले ढुंगेललाई रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिवाना माग गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०५ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका