मुलुकमा शान्ति सुरक्षा कायम गर्न एमालेको माग | Khabarhub Khabarhub

मुलुकमा शान्ति सुरक्षा कायम गर्न एमालेको माग


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो । 

पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि  आक्रमणको भइरहेको बताए । उनले भने, ‘शान्ति सुरक्षाको अवस्था कमजोर हुनु, शीर्ष नेताको गतिविधिमा अवरोध हुनु, समाजमा अस्थिरताका सिर्जना हुनु र अर्थतन्त्र पनि कमजोर हुनु अहिलेको चिन्ताको विषय हो ।’

उनका अनुसार पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ कोशी प्रदेशका विभिन्न ठाउँमा गएको बेला आक्रमण भएको भएको छ । ‘हाम्रो अध्यक्ष झापाको घटनापछि इलाम जानुभयो । त्यहाँ जाँदा पनि फेरि अवरोधको प्रयास गरियो’, उनले भने , ‘हिजो पशुपतिनगरबाट फर्किँदा आउँदा ढुङ्गा राखेर बाटो छेकियो । आज पनि तेह्थुमको देउडी भन्ने ठाउँमा प्राविधिक स्कुल उद्घाटन गर्ने गएको बेला दुई चार जनाले कालो झण्डा देखाउने काम भयो ।’ 

उपमहासचिव रिमालले कालोझण्डा देखाउने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने कुराको कुनै चिन्ता नभएको भन्दै तर एउटा ठूलो दलको शीर्ष नेतालाई अनावश्यक ढंगले अवरोध सिर्जना गरेको विषयले पार्टीलाई गम्भीर बनाएको बताए। उनले एमालेले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्न स्थिति नल्याउन आग्रह गरे । ‘हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्ने स्थिति आयो भने मुलुकमा राज्य कहाँ र शासन कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ’, उनले भने। ‘त्यस्तो स्थिति नआओस् भनेर हामीले चिन्तित रहेका छौँ ।’  

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले एमालेका शीर्षनेता लक्षित गरेर अहिले आक्रमण गर्नु निन्दनीय भएको बताए। उनले शान्तिपूर्ण रुपमा विरोध गर्नु ठीक रहेको तर नेता लक्षित आक्रमण निन्दनीय रहेको बताए। उनले कोशी प्रदेशका नामका सम्बन्धमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने भन्दै तर कुनै दल विशेषका नेतालाई आक्रमण गर्न नपाइने बताए । 

नेता भट्टराईले मधेस प्रदेश नामकरणमा एमालेको विरोध गरेको र प्रदेशसभाले निर्णय गरेपछि एमालेले स्वीकार गरेको बताए। ‘कोशी प्रदेश नामाकरणको असहमतका सम्बन्धमा सम्मान गर्दछौँ’, उनले भने, ‘तर उहाँले जुन शैली अपनाउनुभएको छ । त्यसको विरोध गर्दर्छौँ । अझ एमाले नेतामाथिको आक्रमणको हामीले निन्दनीय छ ।’ हिजो एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुव्र्यवहारको प्रयास गर्नेलाई कारवाहीको माग गरेको थियो । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ५९ बजे

नासाले पत्ता लगायो- एक वर्षअघि मंगलग्रहमा भएको हेलिकप्टर दुर्घटनाको रहस्य

काठमाडौं– मंगल ग्रहमा पहिलो शक्तियुक्त उडान गरेर इतिहास रचेको नासाको

इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

मुग्लिन – यहाँको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले

एमाले डोटीको अध्यक्षमा मलासी

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी

टेलिग्राममा स्क्यामरको जालोभित्र नेपाली, ४५ करोड रुपैयाँभन्दा बढी ठगी

काठमाडौं – सामाजिक सञ्जाल टेलिग्राम सक्रिय स्क्यामर गिरोहले नेपाली प्रयोगकर्ताबाट

सशस्त्र प्रहरीले कारबाट बरामद गर्‍यो १९० केजी गाँजा

सुनसरी- सशस्त्र प्रहरीको टोलीले सुनसरीको धरानबाट १९० किलोग्राम गाँजा बरामद