लागूऔषध कारोबार गर्ने नेटवर्कको गिरोह पक्राउ « Khabarhub

लागूऔषध कारोबार गर्ने नेटवर्कको गिरोह पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ । 

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले झापा बिर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजार सहित पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झापाका विजय लिम्बु, माधव मेचे, विनोद लिम्बू र भारत दार्जिलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।

त्यस्तै ब्युरोले ३ किलो ६ सय ग्राम लागूऔषध चरेस सहित थाइल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : १२ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी