निजिकरणमा गएका सार्वजनिक संस्थानमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द « Khabarhub

निजिकरणमा गएका सार्वजनिक संस्थानमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजिकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन् ।

सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८-७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ वटा नाफामा र चार घाटामा सञ्चालित छन् । छ वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन् । निजीकरण गरिएको सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया फरक फरक छ । शेयर बिक्री प्रक्रियाबाट निजीकरण गरिएका ११ सार्वजनिक संस्थानमध्ये तीन वटा बन्द छन् भने आठ सञ्चालन भइरहेका छन् ।

निजीकरण गरिएका नेपाल बिटुमिन तथा ब्यारेल उद्योग, नेपाल ल्युब आयल, नेपाल ढलौट उद्योग लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, भक्तपुर इँट्टा टायल कारखाना नाफामा सञ्चालन भइरहेका छन् ।

श्री रघुपति जुट मिल, लुम्बिनी चिनी कारखाना, नेपाल रोजिन एण्ड टर्पेन्टाइन लिमिटेड र विराटनगर जुट मिल घाटामा सञ्चालनमा छन् । भृकुटी कागज कारखाना, हरिसिद्धि इँट्टा टायल कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, चलचित्र विकास कम्पनी लिमिटेड, बालाजु कपडा उद्योग, काँचो छाला संकलन तथा बिक्री केन्द्र बन्द हाल अवस्थामा छन् ।

नेपाल जुट विकास तथा व्यापार कम्पनी, कृषि आयोजना सेवा केन्द्र, सुर्ती विकास कम्पनी, हिमाल सिमेन्ट उद्योग लिमिटेड, घरेलु शिल्पकला बिक्री भण्डार, नेपाल कोल लिमिटेड, हेटौँडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, नेपाल यातायात संस्थान, कृषि चुन उद्योग लिमिटेड, नेपाल ड्रिलिङ कम्पनी विभिन्न समयमा खारेज भएर बन्द भइसकेका छन् ।

समीक्षा प्रतिवेदनअनुसार सरकारको लगानी रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुई वटाको कारोबार शून्य देखिएको छ । सरकारको लगानी रहेका सार्वजनिक संस्थानमा हाल प्रत्यक्षरूपमा २९ हजार सात सय ३६ जनाले रोजगारी पाएका छन् ।

सरकारी सार्वजनिक संस्थानको चुक्ता पूँजी तीन खर्ब ७२ अर्ब ५५ करोड ४१ लाख पुगेको छ । गत वर्ष संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ । सार्वजनिक संस्थानको खुदस्थिर सम्पत्ति सात खर्ब ९९ अर्ब ८४ करोड १३ लाख र कूल सम्पत्ति २३ खर्ब ७४ अर्ब १७ करोड ४० लाख बराबर रहेको छ ।

यस्ता संस्थानहरूले गत आर्थिक वर्ष २०७८-७९ मा सरकारको सञ्चित कोषमा कूल १४ अर्ब ३८ करोड १२ लाख आयकर दाखिला गरेका थिए । गत आर्थिक वर्ष सरकारले प्राप्त गरेको कूल आयकरमा संस्थानको योगदान पाँच दशमलव ५९ प्रतिशत बराबर हो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : ४३ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा